नेपालीहरुको महान चाड विजया दशमी पर्वको अवसरमा पोखरा आउने पर्यटकले सरर.. केवलकार चढ्न पाउने भएका छन्। पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा निमार्ण हुँदै गरेको अन्नपुर्ण केबलकारको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले यस पालिको दशैंमा केवलकार संचालनमा ल्याउने तयारी गरिएको केबलकारका संचालक निर्देशक मध्येका एक तिर्थराज त्रिपाठीले बताए ।
उनले भने “हामीले नयाँ बर्षको अवसरमा केबलकार पक्षिण गर्ने तयारी गरे पनि प्राविधिक कारणले गर्दा केही ढिलाई हुन गएको छ, अब भने दशैं पर्वको अवसरमा हामीले केबलकार संचालन गर्ने गरी निर्माण कार्यलाई हाल तीव्रता दिएकाछौं । ” पोखरेली तथा पोखरा आउने पर्यटकहरुलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा दशैंको अवसरमा व्यवसायीक रुपमा संचालनमा ल्याउने उनले दाबी गरे । केवलकारको निर्माण कार्य हाल करिब ८० प्रतिशत भन्दा बढी सम्पन्न भएको निर्देशक त्रिपाठीले दाबी गरे । उनले भने “यस केबलकारमा प्रयोग हुने विभिन्न वस्तुसहितका मेसिनरी सामानहरु पोखरा आइसकेका छन् तर जेनेरेटर भने पोखरा आउदै गरेकोे छ, अब जडानको काम बाँकी रहेको छ । ”
No comments:
Post a Comment