Thursday, July 25, 2019

पब्लिकसँगै विमान चढे, पत्नी-नातेदार नलिई यति थोरै खर्चमा इमरानले अमेरिका भ्रमण पुरा गरे

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो तीन दिने अमेरिका भ्रमणमा जम्मा ९५ लाख पाकिस्तानी अर्थात झण्डै ६० लाख नेपाली रुपैयाँ खर्च गर्नुभएको छ । परिवारको एकजना पनि सदस्य थिएन न त कुनै नेता वा मन्त्रीका सन्तान नै गएका थिए ।
कतार एअरको बिजनेस क्लासमा जानुभयो । नेपालमा भएको भए प्रधानमन्त्रीको नातेदार नभए मन्त्रीको नातेदार त्यती नभए पनि कुनै कर्मचारीको आफन्त त जान्थ्यो नै, जसको भ्रमणमा कुनै भुमिका नै हुँदैन । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी पुर्व प्रधानमन्त्री नवाज शरीफले एकपटक अमेरिका जाँदा छोरीसहित जानुभयो त्यो बेला उहाँले झण्डै ४ करोड पाकिस्तानी रुपैयाँ खर्च गर्नुभएको थियो ।
अघिल्लो कार्यकालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका जाँदा एकपटकमा मात्रै झण्डै १५ करोड खर्च गर्नुभएको थियो । नेपालमा पनि विदेश भ्रमण मोदीको जस्तो त हुँदैन तर शरीफको जत्ति हुने गरेको छ । विदेश भ्रमण, सभा समाहोरोमा जानुपर्छ वैदेशिक सम्बन्धको कुरा हुन्छ ।
यसको यो अर्थ होईन कि सम्बन्ध नै नभएको मान्छे लिने अनी रिल्याक्स हुनको लागि जनताको पैसा लिएर विदेश घुम्न जानुपर्छ । नेपालमै छन् घुम्ने ठाउँहरु गए हुन्छ । जनता भारत, पाकिस्तान र नेपाल लगभग सबैको अवस्था उस्तै–उस्तै छ । नेपाल गरिबी, बेरोजगारीसँग लडिरहेको छ । भारत हिन्दु, मुस्लिम, जात, गरिबी, बेरोजगारी र आ तंकवाद भारतमा पनि उस्तै छ ।
पाकिस्तानमा आ तंकवाद, बेरोजगारी, गरिबी उस्तै छ । विश्वका धेरै देशहरुको समस्या भनेको गरिबी र बेरोजगारी नै हो । जुन देशमा जनता धेरै गरिब र बेरोजगार हुन्छन् त्यहाँ धेरै समस्याहरु हुन्छन् । जति धेरै बेरोजगारी त्यती धेरै अधिकारका लागि लडाई हुन्छ । हरेक क्षेत्रमा आरक्षण आवश्यक पर्दछ । जो चलाख हुन्छ उसले अवसर तल्लो स्तरसम्म पुग्न दिदैंन र अरुलाई मेहनत पनि गर्न दिदैंन ।
आज पाकिस्तानमा इमरान खान पुर्व प्रधानमन्त्री र हिजोका नेताहरुसँग जवाफ माग्दै हुनुहुन्छ ? तपाईको यत्रो सम्पती कहाँबाट आयो ? कसरी विदेशमा बसेका तपाईका सन्तान अर्बपती भए, जनताको पैसा खोई ? आज हिसाब माग्दै गर्दा दुई जना पुर्व प्रधानमन्त्री र एकजना राष्ट्रपति जेलको हावा खाँदैछन्।
अरुको पालो विस्तारै आउँदैछ । खान प्रधानमन्त्री भएको एक वर्ष पुग्न अझै एक महिना बाँकी छ । नेपालमा कसैले सोधखोज गर्न आवश्यक मान्दैन । हिजो एक जोर चप्पलसँग राजनीति सुरु गरेको मान्छे कसरी करोडपती, अर्बपती भए ? जनताको पैसाको हिसाब आखिर राजनेताहरुले नदिए कस्ले दिने ? जब कुनै देशको सरकार सकारात्मक कदम उठाउन थाल्छ तब त्यो देशका जनताले पनि सहयोग गर्नुपर्छ ।

No comments:

Post a Comment

पब्लिकसँगै विमान चढे, पत्नी-नातेदार नलिई यति थोरै खर्चमा इमरानले अमेरिका भ्रमण पुरा गरे

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो तीन दिने अमेरिका भ्रमणमा जम्मा ९५ लाख पाकिस्तानी अर्थात झण्डै ६० लाख नेपाली रुपैयाँ खर्च गर्नु...